logo-image

बिहिबार, २१ जेठ २०८३

भक्तपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

बिहिबार, २१ जेठ २०८३ · समसामयिक

भक्तपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ


काठमाडौं, जेठ २१ । भक्तपुरमा आफ्नै श्रीमती ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–१० छालिङ रोड डेरा गरी बस्ने काठमाडौं शंखरापुर नगरपालिका–६ नाङ्लेभारे घर भएका ३८ वर्षीय विदुर विश्वकर्मालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा विदुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा सलिनाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

बाजुराको बुढीनन्दा नगरपालिका–६ कोटिला बस्ने ३२ वर्षीय निर रावतको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय टेकेन्द्र रावतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । टेकेन्द्रले ढुंगा प्रहार गर्दा निरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।