logo-image

सोमबार, १८ जेठ २०८३

सार्वजनिक यातायातको भाडामा भारी वृद्धि

बुधबार, २५ चैत २०८२ · समसामयिक

सार्वजनिक यातायातको भाडामा भारी वृद्धि

काठमाडौं, चैत्र २५ ।  ईन्धनको मूल्यमा भएको उतारचढाव र अन्य आर्थिक सूचकहरूलाई आधार मान्दै सरकारले सार्वजनिक यातायातको भाडामा वृद्धि गरेको छ। परिमार्जित दरअनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ।

यसैगरी, मालवाहक सवारी साधनको भाडामा पनि समायोजन गरिएको छ, जसअनुसार पहाडी रुटमा चल्ने सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ। सरकारी अधिकारीहरूका अनुसार ईन्धनको मूल्यमा आएको परिवर्तनले सञ्चालन खर्चमा निकै प्रभाव पारेकाले भाडा बढाउनुपरेको हो।

यो निर्णय लागू भएसँगै अब सर्वसाधारण र व्यवसायीहरूले यात्रा तथा ढुवानीका लागि पहिलेभन्दा बढी शुल्क तिर्नुपर्नेछ।

ताजा समाचार