logo-image

सोमबार, १५ भदौ २०८३

गृहमन्त्री र स्वास्थ्यमन्त्री आज सुनसरी जाँदै

बिहिबार, १४ साउन २०८३ · समसामयिक

गृहमन्त्री र स्वास्थ्यमन्त्री आज सुनसरी जाँदै

काठमाडौं, साउन १४ ।  गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता बिहीबार सुनसरी जाने भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेपछि दुवै मन्त्री सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार, उनीहरूले साउन १० गते भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र उपचारका क्रममा बिहीबार मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्नेछन्।