बिहिबार, ३२ असार २०८३
शुक्रबार, १३ चैत २०८२ · समसामयिक
महोत्तरी, चैत १३ । प्रधानमन्त्री बालेन्द्र साहको पुख्र्यौली गाउँ महोत्तरीको एकडारा गाउँपालिकामा खुशीयाली मनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहनुभएका साह प्रधानमन्त्रीमा नियुक्त हुनुभएसँगै पुख्र्यौली गाउँमा दीपावली गरेर खुसियाली मनाइएको हो । साह प्रधानमन्त्री भएको अवसरमा स्थानीयले मिठाई बाँड्नुका साथै पटाका फोडेर दीपावली मनाएका छन् ।
आफ्नै गाउँको तथा मधेसी मुलको छोरो मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेपछि स्थानीयहरूमा गर्व र उत्साह दुवै झल्किएको छ । बालेनको परिवारसँग लामो समयदेखि सम्बन्ध रहँदै आएका स्थानीयहरूले उनको स्वभाव सरल, इमान्दार र सहयोगी रहेको बताउँछन् ।
एक स्थानीयले भन्नुभयो,‘मुलुकमा भ्रष्टाचार र अनियमितता व्याप्त भइरहेको बेला विकास र सुशासनको मोडेल काठमाडौं महानगरको कार्यसम्पादनबाट देखाइसक्नुभएको उहाँ आज प्रधानमन्त्री हुँदा हामी निकै खुसि छौँ । हामी आज यही खुसियालीमा दिपावली मनाइरहेका छौँ ।’
प्रधानमन्त्री साहले शुक्रवार मात्रै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । –न्युज एजेन्सी नेपाल
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
६ घण्टा अगाडि