logo-image

शनिबार, ३१ असोज २०८३

रसुवा बाढीपीडितका लागि राहत सङ्कलन गर्न सरकारद्वारा ३ स्थान तोकियो

बिहिबार, ११ भदौ २०८३ · समसामयिक

रसुवा बाढीपीडितका लागि राहत सङ्कलन गर्न सरकारद्वारा ३ स्थान तोकियो

 

काठमाडौं, भदौ ११ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि राहत सामग्री सङ्कलन गर्न सरकारले तीन स्थान निर्धारण गरेको छ।

विदेशबाट हवाई मार्ग भित्रिने राहत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघरमा जम्मा गरी प्रभावित क्षेत्र पठाइनेछ। स्वदेशभित्रका सामग्री भने नुवाकोटको मैथेली ब्यारेक (बट्टार) र धादिङको बैरेनी ब्यारेकमा सङ्कलन गरिनेछ।

सम्पर्क विवरण:
काठमाडौँ (विमानस्थल गोदाम): श्रद्धा भट्टराई (WFP) – ९८४१८७९२२२
नुवाकोट (मैथेली ब्यारेक): आविष्कार (नेपाली सेना) – ९८५१२३४३२४
धादिङ (बैरेनी ब्यारेक): दिलिप घले – ९८५११५४२२६
यसबाहेक सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत वा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ मा आर्थिक सहयोग गर्न सकिनेछ।