सोमबार, ११ जेठ २०८३
सोमबार, ११ जेठ २०८३ · अर्थ
काठमाडौं, जेठ ११ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा फेरि वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला १,९०० रुपैयाँले बढेर २ लाख ९२ हजार ८०० रुपैयाँ पुगेको छ।
यसअघि आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।