बुधबार, १४ असोज २०८३
बुधबार, १४ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज १४ । बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–३ बस्ने सर्लाही हरिवन नगरपालिका–११ घर भएका ४७ वर्षीय रामजी ठाकुर र काठमाडौं महानगरपालिका–९ बस्ने चितवन भरतपुर महानगरपालिका–११ घर भएका ४० वर्षीय सन्तोष पाण्डे रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरको २०८२ वैशाख ७ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका रामजीलाई काठमाडौं महानगरपालिका–१३ कालीमाटीबाट र जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका सन्तोषलाई ललितपुर महानगरपालिका–३ धोवीघाटबाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये रामजीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ भने सन्तोषलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।
नानिचासँगै सकियो यो वर्षको इन्द्र जात्रा (तस्विरहरु)
५ घण्टा अगाडि