बिहिबार, ११ भदौ २०८३
बिहिबार, ११ भदौ २०८३ · समसामयिक
भक्तपुर, भदौ ११ । नगरकोटका चारजना स्थानीय नागरिकहरू सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेहरूमा नगरकोट, गैरीगाउँका सुकमान तामाङ, रबिन तामाङ, प्रकाश कुमार तामाङ र नगरकोट, बाख्रीगाउँका रोहित तामाङ रहेका छन्।
चाँगुनारायण नगरपालिका–०६, नगरकोटका उनीहरु ट्रेकिङको सिलसिलामा रसुवा, टिमुरे हुँदै चीन बोर्डरबाट तिब्बत जाने क्रममा हिजो गएको भयानक बाढीका कारण ३ जना सम्पर्कविहीन भएका हुन्।
उनीहरू हालसम्म पनि परिवार र आफन्तको सम्पर्कमा नआएपछि खोजी कार्यलाई तीव्र पारिएको छ। चाँगुनारायण नगरपालिका–६ को वडा कार्यालयले उनीहरूको यथाशीघ्र खोजीका लागि सर्वसाधारण, प्रहरी तथा सम्बन्धित सबै निकायलाई सहयोगको अपिल गरेको छ।
सम्पर्कविहीन व्यक्तिहरूको विवरण:
सुकमान तामाङ (नगरकोट, गैरीगाउँ)
रबिन तामाङ (नगरकोट, गैरीगाउँ)
प्रकाश कुमार तामाङ (नगरकोट, गैरीगाउँ)
रोहित तामाङ (नगरकोट, बाख्रीगाउँ)
वडा कार्यालयले उहाँहरूबारे कुनै जानकारी प्राप्त भएमा, कतै देखिएमा वा सम्पर्कमा आएमा ढिला नगरी तत्काल वडा कार्यालय वा नजिकैको प्रहरी चौकीमा खबर गरिदिन अनुरोध गरेको छ।
सूचना दिनका लागि सम्पर्क नम्बर:
चाँगुनारायण नगरपालिका–६ वडा कार्यालय: ९८४१४११७८९
सम्पर्कविहीन भएका व्यक्तिहरूलाई सकुशल भेट्टाउन मद्दत पुगोस् भन्ने हेतुले यो सूचनालाई धेरैभन्दा धेरै शेयर गरिदिन समेत स्थानीय प्रशासन र परिवारले सबैमा हार्दिक अनुरोध गरेका छन्।