बिहिबार, ३२ असार २०८३
बिहिबार, १२ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत्र १२ । मोरङको कानेपोखरी गाउँपालिका–७ जहदास्थित सडकमा जहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को.१ ख ६३३१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय विरेन्द्र कार्कीको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका–३ धनुषाधाम बजारस्थित सडकमा धनुषाधामबाट मंगलपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००८ प ६५७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–३ धनुषाधाम बजार बस्ने ७५ वर्षीय राजेश्वर महराको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ओम दिर्घायु अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रसुवाको कालिका गाउँपालिका–१ ग्राङजुङ डाँडा भीरस्थित सडकमा कालिकास्थानबाट धुन्चेतर्फ जाँदै गरेको ना.६ ख ५४९८ नम्बरको गाडी अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटना हुँदा चालक सोही गाउँपालिका–१ राम्चे बस्ने ३९ वर्षीय पासाङ तामाङ र गाडीमा सवार सोही गाउँपालिका–२ बस्ने २६ वर्षीय पेम्बा छेवाङ थोक्राको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको त्रिशुली अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
६ घण्टा अगाडि