logo-image

मङ्गलबार, १६ असार २०८३

फोटोन मोटर्स नेपालले नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालको बुटवलमा आफ्नो उपस्थिति अझ सशक्त

मङ्गलबार, १६ असार २०८३ · समसामयिक

फोटोन मोटर्स नेपालले नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालको बुटवलमा आफ्नो उपस्थिति अझ सशक्त


काठमाडौं, असार १६ । फोटोन मोटर्स नेपालले असार १५ गते बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ । यो विस्तारसँगै कम्पनीले नेपालभरी आफ्नो पहुँच विस्तार गर्ने र देशको पश्चिमी भेगका ग्राहकसमक्ष आफ्ना उत्पादन तथा सेवाहरू अझ नजिकै पु¥याउने प्रयासलाई थप मजबुत बनाएको छ ।

 व्यापारिक एवम् यातायातको प्रमुख केन्द्रका रूपमा रहेको बुटवलमा सञ्चालनमा आएको नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा त्यस आसपासका जिल्लाका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ । यसले उक्त क्षेत्रका सवारीधनी तथा सम्भावित खरिदकर्ताका लागि फोटोनका सेवा र सवारीसाधनहरूमा पहुँच अझ सहज बनाउने विश्वास गरिएको छ ।

असार १५ गते आयोजित औपचारिक उद्घाटन समारोहमा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटन नेपालका कन्ट्री म्यानेजर श्री साइरस ले संयुक्त रूपमा रिबन काटेर शोरुमको उद्घाटन गरे । बुटवलको मणिग्राममा स्थापना गरिएको नयाँ शोरुम पूर्ण ३क् (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) सुविधासहित सञ्चालनमा आएको हो। एउटै स्थानबाट सवारी बिक्री, आफ्टर सेल्स सर्भिस तथा जेन्युइन स्पेयर पाट्र्स उपलब्ध गराइने भएकाले ग्राहकले टाढाका अन्य शहर धाउनुपर्ने झन्झटबाट राहत पाउनेछन् । यसरी ग्राहकलाई सहज, भरपर्दो र निरन्तर सेवा अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ । यस सुविधाले फोटोनका ग्राहकलाई केवल गाडी किन्ने समयमा मात्र होइन, त्यसको सम्पूर्ण उपयोग अवधिभर साथ र सेवा उपलब्ध गराउने भरपर्दो सेवा सञ्जाल निर्माण गर्ने फोटोनको प्रतिबद्धता झल्काएको छ ।

कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धी कमर्सियल भेहिकल्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले बुटवल शोरुम केवल व्यापार विस्तार मात्र नभई नेपालभरीका कम्युनिटीमा कम्पनीले गरेको दीर्घकालीन लगानीको प्रतीक भएको बताए । उनले प्रत्येक टचपोइन्टमा गुणस्तर र विश्वासलाई प्राथमिकता दिने कम्पनीको प्रतिबद्धता दोहो¥याए ।
बुटवल शोरुमको उद्घाटन कार्यक्रमको सफलतासँगै फोटोन मोटर्स नेपालले आफ्ना ग्राहक जहाँ छन्, त्यहीँ पुगेर उनीहरूको आवश्यकता सुन्ने र देशभरीको सेवा तथा विश्वसनीयताको स्तरलाई निरन्तर उकास्दै लैजाने प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।

एमएडब्लु वृद्धी कमर्सियलको बारेमा 
एमएडब्लु वृद्धी कमर्सियल नेपालमा व्यावसायिक सवारीसाधन आपूर्ति गर्ने कम्पनी हो, जसले उत्कृष्ट मोबिलिटी सोलुसनहरू विकास गर्ने र उपलब्ध गराउने लक्ष्य राखेको छ । कम्पनी फोटोन भेहिकल्सको आधिकारिक वितरक हो र विश्वसनीयता, कार्यक्षमता तथा ग्राहक सन्तुष्टिलाई आफ्नो मुख्य प्राथमिकता मान्दै आएको छ । देशभरी विस्तार हुँदै गएको शोरुम तथा सेवा केन्द्रहरूको सञ्जालमार्फत कम्पनीले व्यवसायिक क्षेत्रलाई उच्च गुणस्तरका सवारीसाधन र अन्तर्राष्ट्रिय स्तरको आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ ।