शुक्रबार, २० कात्तिक २०८३
शुक्रबार, २० कात्तिक २०८३ · राजनीति
काठमाडौं, कात्तिक २० । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले आफूलाई गैरकानूनी रूपमा पदबाट हटाइएको दाबीसहित दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । सरकारले उनलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो ।
कार्कीका तर्फबाट कानुन व्यवसायीहरूले बिहीबार रिट निवेदन पेस गरेका थिए । प्रारम्भिक अध्ययनका क्रममा केही समय लागे पनि आवश्यक प्रक्रिया पूरा गरी शुक्रबार रिट दर्ता गरिएको उनका प्रतिनिधि आभास रेग्मीले जानकारी दिएका छन् ।
सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदनमाथि सुनुवाइका लागि कार्तिक ३० गते (नोभेम्बर १६) का लागि पेशी तोकिएको छ । तिहारको बिदा (कात्तिक २२ देखि २६ गतेसम्म) र त्यसपछिको साताको अन्त्यको बिदाका कारण अदालत कार्तिक ३० गते मात्र सुनुवाइको प्रक्रियामा जानेछ । यद्यपि, कार्कीले भने मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र हालसम्म बुझिसकेका छैनन् ।
कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै
१० मिनेट अगाडि
शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा
३ घण्टा अगाडि