बिहिबार, १९ कात्तिक २०८३
बिहिबार, १९ कात्तिक २०८३ · राजनीति
काठमाडौं, कात्तिक १९ । भ्रमणका क्रममा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन्द्र साहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ । दुई दिने औपचारिक भ्रमणका लागि बुधवार काठमाडौं आउनुभएका विदेश सचिव मिश्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिनुभएको हो ।
प्रधानमन्त्री साहसँगको भेटमा उहाँले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्यको प्रतिवद्धता व्यक्त गर्नुभयो । भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धका विविध आयामबारे सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भारतीय विदेश सचिवको यो भ्रमणलाई कुटनीतिक वृत्तमा महत्वपूर्ण मानिएको छ । दुई देशबीचका केही बाँकी रहेका विषयहरूमा समझदारी निर्माण गर्न र उच्च तहको निरन्तर संवाद कायम राख्न यस्ता भ्रमणले पुलको काम गर्ने विज्ञहरूको बुझाइ छ ।
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी
एक घण्टा अगाडि