logo-image

बिहिबार, ३२ असार २०८३

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई कर्मचारी नियन्त्रणमा

मङ्गलबार, ०९ असार २०८३ · समसामयिक

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई कर्मचारी  नियन्त्रणमा

चितवन, असार ९ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको खाजा (अम्लेट) मा माछाको काँडा भेटिएपछि होटलका दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काँडा भेटिएलगत्तै गृहमन्त्रीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख (एसपी) लाई फोन गरी कारबाहीको निर्देशन दिएका थिए।

घटनालगत्तै प्रहरीले होटलको भान्छामा कार्यरत दुई जना कुकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । घटनाको वास्तविकता बुझ्न आवश्यक अनुसन्धान अघि बढाइएको छ।

यो विषय सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रहरीको संयुक्त टोलीले उक्त होटलको भान्छा तथा खाद्य व्यवस्थापनको अनुगमन समेत गरेको छ। महाधिवेशनमा सहभागी विशिष्ट व्यक्तिहरूको सुरक्षा र खानाको गुणस्तरलाई ध्यानमा राख्दै चितवनका होटल तथा रेष्टुरेन्टहरूको निरीक्षणलाई थप तीव्र बनाइएको प्रहरीले जनाएको छ।

ताजा समाचार