शुक्रबार, ०१ साउन २०८३
शुक्रबार, ०१ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन १ । शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।
शुक्रवार काठमाडौंको पुतलीसडकमा भेला भइ उनीहरुले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३ का अव्यवहारिक प्रावधानहरुको विरुद्धमा प्लकोर्ड बोकर प्रदर्शन गरेका हुन् ।
उनीहरुले शिक्षा सबैको लागि, स्वदेशमा होस् वा विदेशमा, आजका अन्तर्राष्ट्रिय विद्यार्थी भोलिका नेपालको विश्वदुत, सरोकारवालासँग छलफल गर, त्यसपछि निर्देशिका लागू गर, स्वदेशी वा विदेशी शिक्षा रोज्ने स्वतन्त्रता हाम्रो, शिक्षामन्त्रीज्यु, शैक्षिक परामर्श नियमावली, २०८३ का त्रुटीहरु तत्काल सच्याइयोस्, राज्य सहयोगी बन, वाधक होइन, धरौटी होइन, नियमन चाहियो, शिक्षा क्षेत्रमा सहकार्य गर, एकतर्फी निर्णय नगर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । – तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल