logo-image

शुक्रबार, १६ असोज २०८३

कांग्रेसको १५औँ महाधिवेशन: देउवा पक्षद्वारा आजदेखि देशभर समानान्तर वडा अधिवेशन सुरु

बिहिबार, १५ असोज २०८३ · राजनीति

कांग्रेसको १५औँ महाधिवेशन: देउवा पक्षद्वारा आजदेखि देशभर समानान्तर वडा अधिवेशन सुरु

 

काठमाडौं, असोज १५ ।  नेपाली कांग्रेसको संस्थापन पक्षसँगको विवाद र सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि आजदेखि १५औँ महाधिवेशनअन्तर्गत देशभर समानान्तर वडा अधिवेशन सुरु गरेको छ।

१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्ने यो समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको छ र यसका लागि ५६ जिल्लामा निर्वाचन संयोजक खटाएको छ।

यसैबीच, निवर्तमान सभापति शेरबहादुर देउवा र महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीलाई थप मजबुत र जनमुखी बनाउन वडा अधिवेशनमा हर्षोल्लासका साथ सहभागी हुन नेता तथा कार्यकर्ताहरूलाई अपिल गर्नुभएको छ।