शनिबार, ३१ असोज २०८३
बिहिबार, २१ जेठ २०८३ · समसामयिक
ललितपुर, जेठ २१ । ललितपुर जिल्ला अदालतले सामाजिक सञ्जाल टिकटकमार्फत परिचित बनेकी तुलसा अधिकारीलाई अनुसन्धान अवधिभर पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार उक्त आदेश जारी गरेको हो।
कुमार चिमोरियाको जाहेरीका आधारमा दर्ता भएको मुद्दामा अधिकारीसहित १० जनाविरुद्ध आपराधिक लाभ (असुली), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। अनुसन्धान अधिकारीहरूले उनीहरूमाथि संगठित रूपमा आर्थिक अनियमितता गरेको अभियोग लगाएका छन्।
प्रहरी अनुसन्धानका क्रममा तुलसा अधिकारीको नाममा फेला परेको करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको वैधानिक स्रोत पुष्टि हुन नसकेको दाबी गरिएको छ। सोही अवैध आर्जनको आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा थप अनुसन्धान अघि बढाइएको अदालत स्रोतले जनाएको छ।