सोमबार, १८ जेठ २०८३
बिहिबार, २६ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत्र २६ । भेप मार्फत भएको सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा भएको छ।
अख्तियारले महरासहित २८ जना व्यक्ति र एक कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा अभियोगपत्र दर्ता गर्ने तयारी गरेको हो। अभियोगपत्रसहितको टोली विशेष अदालत पुगिसकेको र मुद्दा दर्ताको प्रक्रिया जारी रहेको बताइएकाे छ। महरामाथि तस्करीमा सहजकर्ताको भूमिका खेलेको गम्भीर आरोप लगाइएको छ।