logo-image

सोमबार, १८ जेठ २०८३

नागरिकता कसुर मुद्दाका फरार प्रतिवादी कलंकीबाट पक्राउ

बुधबार, २५ चैत २०८२ · समसामयिक

नागरिकता कसुर मुद्दाका फरार प्रतिवादी कलंकीबाट पक्राउ

काठमाडौं, चैत्र २५ ।  नागरिकता सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कुलेश्‍वर बस्ने रौतहट घर भएका ५९ वर्षीय बाबुनन चौधरी कलवारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत गौर रौतहटबाट २०८२ भदौ २ गते नागरिकता सम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ कलंकीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाईएको छ ।

ताजा समाचार