logo-image

शुक्रबार, १९ भदौ २०८३

विपद्को समयमा एआईमार्फत ‘स्टन्ट’ नगर्न अध्यक्ष ओलीको आग्रह

शुक्रबार, १९ भदौ २०८३ · समसामयिक

विपद्को समयमा एआईमार्फत ‘स्टन्ट’ नगर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौं, भदौ १९ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्को घडीमा कृत्रिम तस्बिरको सहारा लिएर सस्तो लोकप्रियता कमाउन खोज्ने प्रवृत्तिको आलोचना गर्नुभएको छ । 
शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । अध्यक्ष ओलीले अहिलेको मुख्य प्राथमिकता उद्धार, राहत तथा पुरिएका संरचनाबाट धनमाल निकाल्ने कार्यमा हुनुपर्नेमा जोड दिनुभयो । बाढीपहिरोका कारण देशले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले प्रविधिको दुरुपयोग गरी कृत्रिम दृश्यहरू निर्माण गरेर प्रचारबाजीमा लाग्नेहरूप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘यस दुःखद् घडीमा हजारौँको संख्यामा जीवनको क्षति र करोडौँको अनुपातमा धनमाल तथा संरचनाको विनाश भएको छ । यस्तो समयमा हामीले पीडितलाई अधिकतम सेवा पु¥याउनेतर्फ लाग्नुपर्छ । कोही एआईको सहायताले कृत्रिम दृश्यहरू चित्रण गरी आफूलाई जनताको सेवक देखाउन खोजिरहेका छन् । मैले पहिले पनि भनेको थिएँ, हामी यतिबेला लोकप्रिय हुने होइन, पीडितको सेवामा लाग्ने हो। कृत्रिम फोटोहरू खडा गरेर प्रचार गर्ने समय यो होइन ।’
अध्यक्ष ओलीले सम्पूर्ण ध्यान र सामथ्र्य राहत र पुनःस्थापनामा लगाउनुपर्ने बताउँदै प्रचारमुखीभन्दा सेवामुखी हुन सबैलाई आग्रह गर्नुभयो ।