logo-image

बिहिबार, १८ भदौ २०८३

रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित

बिहिबार, १८ भदौ २०८३ · राजनीति

रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित

काठमाडौं, भदौ १८ ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ । 

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रिय कार्यालयमा बिहान पौने ११ बजेदेखि बैठक शुरु भएको हो । बैठकमा हालैको भोटेकोशी बाढीका कारण मुलुकमा उत्पन्न विपद्को स्थिति तथा त्यस सम्बन्धमा सरकारले गरेको कामकारबाही र समीक्षाबारे मुख्य रूपमा छलफल हुने जनाइएको छ ।

यसका साथै बैठकमा वर्तमान राजनीतिक परिस्थिति र अन्य समसामयिक विषयहरूमा समेत विचार–विमर्श हुने कार्यसूची रहेको छ ।