logo-image

सोमबार, १५ भदौ २०८३

कीर्तिपुरको ट्याङ्लाफाँटमा कारमा आगलागी, चालकको जलेर मृत्यु

मङ्गलबार, ०५ साउन २०८३ · समसामयिक

कीर्तिपुरको ट्याङ्लाफाँटमा कारमा आगलागी, चालकको जलेर मृत्यु

काठमाडौं, साउन ५ ।  काठमाडौँको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।

मङ्गलवार ट्याङ्लाफाँटको चाँदनी चोक नजिकै खाली जग्गामा ५ च ३०३८ नम्बरको किया कारमा आगो लागेको हो। प्रहरीका अनुसार चालक सिट बेल्ट बाँधेकै अवस्थामा मृत फेला परेका थिए। मृतक चालकको पहिचान (सनाखत) हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै स्थानीयवासी र प्रहरीले फायर एक्स्टिङ्गुइसरको प्रयोग गरी उद्धारको प्रयास गरेका थिए। पछि दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

चालु अवस्थाको कारमा कसरी आगो लाग्यो भन्नेबारे कारण अझै खुल्न सकेको छैन। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको छ।