मङ्गलबार, ०५ साउन २०८३
मङ्गलबार, ०५ साउन २०८३ · समसामयिक
भक्तपुर, साउन ५ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित घ्याम्पेडाँडामा रहेको ‘थ्री इडिएट्स’ होटलमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको सामूहिक झडपमा घाइते भएका एक युवकको मृत्यु भएको छ।
भक्तपुरको घ्याम्पेडाँडास्थित एक होटेलमा साउन ४ गते सोमबार फुटबल हेर्ने क्रममा युवाहरूबीच भएको झगडामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका २७ वर्षीय राज कार्की रहेका छन्।
झगडाका क्रममा गम्भीर घाइते भएका कार्कीको मध्यपुर अस्पतालमा उपचारका क्रममा सोमबारै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।