बिहिबार, ३२ असार २०८३
मङ्गलबार, ०९ असार २०८३ · समसामयिक
काठमाडौं, असार ९ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ। बिचौलिया दीपक भट्टसँगको शंकास्पद आर्थिक कारोबार र सेयर लगानीको स्रोतबारे अनुसन्धान गर्न विभागको पत्रानुसार प्रहरीले उनलाई सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो।
पक्राउ गर्नुअघि प्रहरीले ललितपुरको भैँसेपाटीस्थित पौडेलको निवासमा छापा समेत मारेको थियो। सुर्खेतबाट मंगलबार काठमाडौँ ल्याइएका पौडेलमाथि शंकास्पद आर्थिक गतिविधिबारे अनुसन्धान भइरहेको र थप हिरासतमा राख्न आजै अदालतमा उपस्थित गराई म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
४ घण्टा अगाडि