बिहिबार, २८ साउन २०८३
बिहिबार, २८ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन २८ । नेपाली अभिनेत्री वर्षा सिवाकोटीले काठमाडौंमा जारी नाडा मोबिलिटी एक्स्पो २०२६ मा ओमोडा ई५ इलेक्ट्रिक एसयूभी बुकिङ गरेकी छन् । पारामाउन्ट मोटर्सअन्तर्गत रहेको जालपा भवन, थापाथलीमा रहेको ओमोडाको स्टलमा पुगेर सवारीसाधनको अवलोकन गरेपछि उनले ओमोडा ई५ बुकिङ गरेकी हुन् ।
आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीबाट प्रभावित हुँदै सिवाकोटीले ओमोडा ई५ रोजेकी हुन् । बुकिङको अवसरमा ओमोडा एन्ड जेको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन प्रतिनिधि मोहम्मद जाहिद कराईले उनलाई गाडीको साँचो हस्तान्तरण गरेका थिए । एक्स्पोमा सिवाकोटीको उपस्थितिले पनि ओमोडाको स्टलमा थप आकर्षण बढाएको थियो । पछिल्लो समय विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणबीच अभिनेत्री सिवाकोटीले समेत ओमोडा ई५ रोजेपछि विद्युतीय मोबिलिटीको लोकप्रियता थप चर्चामा आएको छ ।
यसैबीच, नाडा मोबिलिटी एक्स्पो २०२६ मा ओमोडाले दुई नयाँ मोडलसमेत सार्वजनिक गरेको छ । कम्पनीले ओमोडा सी५ र ओमोडा जे६ ईभी÷पीएचईभी सार्वजनिक गरेको हो । नयाँ मोडलहरूको सार्वजनिकसँगै प्रदर्शनीमा ओमोडाका सवारीसाधनप्रति आगन्तुकहरूको आकर्षण थप बढेको कम्पनीले जनाएको छ । श्रावण २६ देखि ३१ गतेसम्म सञ्चालन भइरहेको एक्स्पोमा ओमोडाका नयाँ मोडलहरूको अवलोकन गर्नुका साथै विशेष अफरहरूको लाभ लिन सकिने कम्पनीले जनाएको छ । ओमोडाले इच्छुक ग्राहकलाई जालपा भवन, थापाथलीमा रहेको आफ्नो स्टलमा पुगेर नयाँ विद्युतीय सवारीसाधनबारे जानकारी लिन तथा बुकिङ गर्न आग्रह गरेको छ ।
शशांक भन्छन्ः काँग्रेसको वैधानिक सभापति देउवा नै हुन्
३ घण्टा अगाडि