logo-image

सोमबार, २१ वैशाख २०८३

बैंकको नाफा ४९ अर्ब, सेयरधनिलाई बाड्न मिल्ने ११ अर्ब मात्रै

सोमबार, २१ वैशाख २०८३ · अर्थ

बैंकको नाफा ४९ अर्ब, सेयरधनिलाई बाड्न मिल्ने ११ अर्ब मात्रै


काठमाडौं, बैशाख २१ । २० वटा बाणिज्य बैंकले ९ महिनाको अवधिमा ४९ अर्ब  नाफा कमाएका छन् । तर लगानीकर्तालाई लाभांश बाँड्न मिल्ने गरि वितरणयोग्य नाफा भने ११ अर्ब ६३ करोड १४ लाख मात्रै कमाएका छन् ।
बिशेषगरि बैकिङ क्षेत्रमा बढ्दै गएको खराब कर्जा तथा गैर बैकिङ  सम्पत्तिका कारण बैंकहरुले नाफा कमाएपनि त्यो बाढ्न भने नपाउने भएका छन् । खराब कर्जा बापत बैकहरुले प्रोभजनिङ गर्नुपर्छ ।  नाफाबाट कमाएको रकम खराब कर्जाका लागि छुट्टाएर राख्नुलाई प्रोभजनिङ भनिन्छ । यसरी प्रोभजनिङ गरिएका कारण नै बैंकहरुको नाफा अनुसार वितरणयोग्य मुनाफा बढ्न नसकेको हो । 
२० बैंकको खुद नाफा एकातिर १९.३० प्रतिशतले बढेर झण्डै ५० अर्ब पुगेको छ। तर उनिहरुले कमाएको नाफाको एक चौथाइ पनि आफ्ना सेयरधनि तथा लगानीकर्ताका लागि बाढ्न सक्ने अवस्था छैन। 
आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमास अन्त्यमा वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेकामा आव २०८२÷८३ को सोही अवधिमा ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ कमाएका छन् । 
प्रभु, एनआईसी एशिया, नेपाल इन्भेष्टमेण्ट मेगा, हिमालयन र सिटिजन्स बैंक इन्टरनेसलको ९ महिनाको वितरणयोग्य नाफा ऋणात्मक छ । जसका कारण उनिहरुले कमाएपनि रकम सेयरधनिलाई बाढ्न सक्ने अवस्था छैन । बैंकहरुको कुल सञ्चित घाटा १० अर्ब १९ करोड रुपैयाँ छ । प्रकाशित तथ्यांक अनुसार अहिले १४ बैंकका सेयरधनीले मात्र लाभांश पाउने देखिन्छ ।
जसअनुसार एभरेष्ट बैंक ३९.३४%, नबिल बैंक २१.१६% र सिद्धार्थ बैंक २०.९८% लाभांस दिनसक्छन् । 

ताजा समाचार