logo-image

सोमबार, १८ साउन २०८३

दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरसहित तीन मुद्दामा अनुसन्धानका लागि ७ दिनको म्याद माग

सोमबार, १८ साउन २०८३ · समसामयिक

दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरसहित तीन मुद्दामा अनुसन्धानका लागि ७ दिनको म्याद माग

काठमाडौं, साउन १८ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरलगायत तीनवटा गम्भीर मुद्दामा अनुसन्धान अगाडि बढाउन प्रहरीले जिल्ला अदालत भक्तपुरमा ७ दिनको म्याद मागेको छ।

जिल्ला प्रहरी परिसर, भक्तपुरले सरकारी वकिलको कार्यालयमार्फत अदालतसमक्ष म्याद थपको माग गरेको हो। हाल जिल्ला अदालत भक्तपुरमा म्याद थपसम्बन्धी कानुनी बहस जारी रहेको प्रहरीले जनाएको छ।

प्रसाईंलाई आइतबार राति भक्तपुरको निकोसेराबाट प्रहरीले पक्राउ गरेको थियो। प्रसाईंविरुद्ध सार्वभौमसत्ता वा अखण्डतामा खलल पुग्ने गतिविधि, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा विद्युतीय कारोबार ऐन अन्तर्गतका मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।