logo-image

मङ्गलबार, ०९ असार २०८३

भक्तपुरमा चक्कु प्रहार गरी युवकको हत्या, आरोपमा ३ जना पक्राउ

मङ्गलबार, ०९ असार २०८३ · समसामयिक

भक्तपुरमा चक्कु प्रहार गरी युवकको हत्या, आरोपमा ३ जना पक्राउ

काठमाडौं, असार ९ ।  भक्तपुर नगरपालिका–१ नगरकोटमोड बस्ने महोत्तरी मिथिला नगरपालिका–९ घर भएका २८ वर्षीय आकाश रसाईलीको हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका ३१ वर्षीय आयष कार्की, झापा घर भएका २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी घर भएका ३५ वर्षीय रमेश कुवँर रहेका छन् । 

उनीहरूले धारिलो हतियार चक्कु प्रहार गर्दा आकाश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दुधपाटीबाट खटिएको खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका आकाशको केएमसी अस्पताल सिनामंगलमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा समाचार