logo-image

शनिबार, ३१ असोज २०८३

फेरी सिमराबाट ११ वर्षीया बालिका बेपत्ता, खोजी तीव्र

मङ्गलबार, ०९ भदौ २०८३ · समसामयिक

फेरी सिमराबाट ११ वर्षीया बालिका बेपत्ता, खोजी तीव्र

 

बारा, भदौ ९ । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ निवासी ११ वर्षीया बालिका सनाया खातुन बेपत्ता भएकी छन्।

बालिका हराएपछि उनकी आमा गुलाप्सा खातुनले खोजी गरिदिन इलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएकी छन्।

इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टले निवेदन परेलगत्तै प्रहरी टोली परिचालन गरी बालिकाको तीव्र खोजी भइरहेको जानकारी दिएका छन्।