मङ्गलबार, ०५ साउन २०८३
मङ्गलबार, ०५ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन ५ । मोरङ्ग जिल्लाको बुढिगंगा गाउँपालिका–१ टंकी सिनवारी र सीमा ईलाकाबाट साउन ४ गते सशस्त्र प्रहरीले १४ लाख ८६ हजार ४ सय ८० रुपैयाँ बराबरको चोरीपैठारीको सामान र एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामानसहित सोही जिल्लाको बिराटनगर महानगरपालिका–१७ रानीबस्ती बस्ने ३२ वर्षिय मोहमद अफजललाई सशस्त्र प्रहरी बल नेपाल नं. ३ कंकालिनी गण मोरङ्ग र सीमा सुरक्षा गुल्म रानीले नियन्त्रणमा लिएको हो ।
बरामद भएको सामानहरुमा लत्ताकपडा, कस्मेटिक तथा किराना सामान, औषधी, सिटी सफारी र स्कुटर रहेको छ । नियन्त्रणमा लिईएका व्यक्ति, बरामद सामान तथा स्कुटर आवश्यक कारवाहीका लागि बिराटनगर भन्सार कार्यालय मोरङ्गमा बुझाईएको छ ।