logo-image

बिहिबार, ३२ असार २०८३

सुन लुटिएका राष्ट्रिय बाँणिज्य बैंकका पीडितद्धारा धर्ना क्षतिपुर्ती दिने सञ्चालक समितीको एकतर्फी निर्णय नमान्ने भन्दै सच्याउन माग

बुधबार, ०६ फागुन २०८२ · समसामयिक

सुन लुटिएका राष्ट्रिय बाँणिज्य बैंकका पीडितद्धारा धर्ना क्षतिपुर्ती दिने सञ्चालक समितीको एकतर्फी निर्णय नमान्ने भन्दै सच्याउन माग

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा क्रममा सुन लुटिएका राष्ट्रिय बाँणिज्य बैंकका पीडित ग्राहकहरुले बैंकको केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले सुन लुटिएका पीडित ग्राहकहरुलाई सुन लुटिएकै दिनमा कायम रहेको प्रतितोला सुनको मुल्य अनुसार रकम फिर्ता दिने निर्णय गरेपछि आक्रोशित भएका पीडितहरुले राष्ट्रिय बाँणिज्य बैंकले गरेको एकतर्फी निर्णय नमान्ने भन्दै बैंकको केन्द्रिय कार्यालय परिसरमा बिहिबार धर्ना तथा नारावाजी गरेका हुन । 
सुनको मुल्य बढेर अहिले तीन लाख नाघिसक्यो, भदौ २३ र २४ गते कायम रहेको प्रतितोला मुल्यमा रकम फिर्ता दिने निर्णय हामी मान्दैनौं, पीडितहरुले भनेका छन् । बरु हामी बैंकको कति पैसा सावाँ व्याज तिनु पर्छ त्यो तिरी दिन्छौं, हामीलाई पैसा फिर्ता चाहिएन, हामीलाई हाम्रो सुन नैं फिर्ता दिनुहोस, नाम उल्लेख नर्गने सर्तमा एकजना पीडित भन्छन् । पीडितका अनुसार जेनजी आन्दोलनका क्रममा राष्ट्रिय बाँणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट भएको थियो । उक्त लुटपाटका क्रममा झण्डै दुई सय २४ जनाको धितोमा रहेको झण्डै १८ किलो सुन गायव भएको थियो । त्यसमध्ये सबै सुन गायव भएको पनि होईन । हामी केही ग्राहकको सुन गायव भएको यति लामो समय भईसक्यो तर अहिलेसम्म पीडितहरु चुप लागेर बसेकाकारण कसैले पनि आफ्नो सम्पती फिर्ता पाएका छैंनन । यो अवस्थामा राष्ट्रिय बाँणिज्य बैंकले पीडितहरुसंग कुनै समन्वय नै नगरी एकतर्फरुपमा भदौ २३ र २४ गते कायम रहेको मुल्यमा सुन बराबरको रकम फिर्ता दिने निर्णय गर्यो, यो निर्णय हामी कदापी मान्दैनौ, यो निर्णय तत्काल सच्याउन पर्छ, पीडितहरु भन्छन ।
हामीले पैसा फिर्ता मागेका छैंनौं, हामीले जुन परिमाणमा आफुले दुखजिलो गरेर जोडेको सम्पती धितो राखेका थियौं, त्यो सम्पती फिर्ता मागेका हौं, पैसा हामीलाई चाहिएन, पीडितहरु भन्छन ।

ताजा समाचार