logo-image

बिहिबार, ३२ असार २०८३

रोल्पाका १५ वर्षीय उमितले बनाए बन्दुक

बिहिबार, ०५ चैत २०८२ · समसामयिक

रोल्पाका १५ वर्षीय उमितले बनाए बन्दुक

रोल्पा, चैत्र ५ । रोल्पाको परिवर्तन गाउँपालिका–५ का कक्षा ९ मा अध्ययनरत १५ वर्षीय विद्यार्थी उमित बुढा मगरले दुई हप्ताको मेहनतपछि “एम–१४” नाम दिई बन्दुकजस्तो संरचना निर्माण गरेका छन्।

स्रोत–साधनको अभावका बीच उनले काठ, फलामका पाइप, ब्याट्री र बाँस प्रयोग गरेर उक्त संरचना तयार पारेका हुन्। उनका अनुसार यो चरा धपाउनका लागि बनाइएको हो। सलाईको काँटी प्रयोग गरेर परीक्षण गर्दा बन्दुकजस्तै फायर हुने देखिएको छ।

उनको यस सिर्जनात्मक कार्यको स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा सुरक्षाकर्मीले प्रशंसा गर्दै सम्मान समेत गरेका छन्। इच्छाशक्ति भए दुर्गम ठाउँमा पनि प्रतिभा देखाउन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन्।

ताजा समाचार