logo-image

आइतबार, १४ भदौ २०८३

मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले आजबाट शुल्क तिर्नु पर्ने छैन- आशिका तामाङ

मङ्गलबार, ०३ चैत २०८२ · समसामयिक

मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले आजबाट शुल्क तिर्नु पर्ने छैन- आशिका तामाङ

काठमाडौं, चैत ३  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नवनिर्वाचित सांसद आशिका तामाङले मलेखुदेखि ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले अब शुल्क तिर्नु नपर्ने घोषणा गरेकी छन्।

ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु न्यायोचित नभएको उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई शुल्क असुली रोक्न निर्देशन दिइसकेको जानकारी दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेकी छन्, “ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायोचित हो? आजबाट मलेखुदेखि ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु पर्ने छैन।”

उनले निर्देशनविपरीत कसैले शुल्क असुली गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी समेत दिएकी छन्।