logo-image

बिहिबार, ०३ वैशाख २०८३

मञ्जुश्री फाईनान्सद्धारा प्रभातफेरी

शुक्रबार, ०६ चैत २०८२ · अर्थ

मञ्जुश्री फाईनान्सद्धारा प्रभातफेरी

मञ्जुश्री फाईनान्सले प्रभातफेरी कार्यक्रम गरेको छ । फाईनान्सका अनुसार यो बर्षको लोबल मनी वीक २०२६ अन्तर्गत मन्जुश्री फाईनान्सले आफ्ना विभिन्न शाखाहरु मार्फत प्रभात फेरीका साथसाथै अन्य कार्यक्रमहरु सफलता पुर्वक आयोजना गरिएको हो । 
यो ग्लोबल मनी वीक २०२६ को मूल आधार स्र्माट मनी टक्स भन्ने अभिप्रायलाई आत्मसाथ गर्दै मन्जुश्रीले विभिन्न संघ संस्था तथा युवालाई मध्येनजÞर गर्दै विभिन्न स्कूल तथा कलेजहरुमा कार्यक्रम गरेको जानकारी दिएको छ । बैंकिंग साक्षरतालाई अहमता दिदै आयोजित कार्यक्रमहरुमा विभिन्न वर्गका सहभागीहरुको उपस्थिति रहेको थियो । देश विदेशमा चलिरहेको यस सप्ताहलाई मन्जुश्रीले उच्च प्राथमिकता दिदै आफ्ना सम्पूर्ण शाखाहरुबाट विभिन्न अर्थमुलक कार्यक्रमहरु सप्ताह भरिनै  गरिरहने जानकारी गराएको छ ।
हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन  तथा २०. ६ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले २८ ओटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ भने  १ लाख ८ ७ हजार भन्दा अधिक सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिदै आइरहेको छ।