logo-image

बुधबार, ३१ असार २०८३

भक्तपुरमा चैत ६ र ७ गते चलचित्र महोत्सव हुने

शुक्रबार, २९ फागुन २०८२ · मनोरञ्जन

भक्तपुरमा चैत ६ र ७ गते चलचित्र महोत्सव हुने

भक्तपुर, फागुन २९। भक्तपुरका युवा चलचित्रकर्मीहरूको सक्रियतामा आगामी चैत ६ र ७ गते पहिलोपटक स्थानीय स्तरमा चलचित्र महोत्सव आयोजना हुने भएको छ।

जिल्लाको कला, संस्कृति र साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस महोत्सवमा कुल २४ वटा फिल्महरू प्रदर्शन गरिनेछन्।

प्रमुख प्रदर्शनका रूपमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ र सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’ रहेका छन्। अन्य फिल्महरूमा ‘सङ अफ क्लाउड्स’, ‘एट एनोदर विन्टर’ र डकुमेन्ट्री ‘ढोरपाटन’ पर्दामा आउनेछन् भने समापनमा सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ प्रदर्शन गरिँदै महोत्सवको अन्त्य गरिनेछ।

स्वतन्त्र चलचित्र निर्माणमा लागेका युवाहरूलाई प्रोत्साहन गर्न किरण किलम्बु, स्मित गिरी लगायतको टोलीले यो पहल गरेका हुन्।