शुक्रबार, ०४ वैशाख २०८३
शुक्रबार, २२ फागुन २०८२ · राजनीति
रुकुम, फागुन २२ । रुकुम पूर्वको प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फराकिलो मतान्तरले विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार प्रचण्डले ८,७४७ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीलामणि गौतमले ३,०१७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी कुसुमदेवी थापा २,४७७ मतका साथ तेस्रो स्थानमा रहिन्।
प्रचण्डले आफ्ना निकटतम प्रतिस्पर्धी गौतमलाई ५,७३० मतान्तरले पराजित गर्दै रुकुम पूर्वमा आफ्नो राजनीतिक दबदबा कायम गरेका छन्। कुल १५,८२३ मत गणना हुँदा बदर मतहरूको संख्यालाई कटाएर प्रचण्डले करिब ५५ प्रतिशतभन्दा बढी मत आफ्नो पक्षमा पार्न सफल भएका छन्।