आइतबार, १७ जेठ २०८३
शुक्रबार, २२ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २२
झापा क्षेत्र नं ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकै पछाडि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीका वरिष्ठ नेता बालेन शाहले उनलाई चार गुणा बढी मतान्तरले पछाडि पारेका हुन ।
हालसम्म भएको मतगणना अनुसार साहले पाँच हजार दुई सय ५४ मत ल्याउँदा एमाले अध्यक्ष ओलीले एक हजार दुई सय ४८ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका मन्धरा चिमरिया एक सय ८५ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले एक सय २९ मत ल्याएका छन् ।