logo-image

शुक्रबार, ०४ वैशाख २०८३

चितवन ३ मा रास्वपाकी गौत्तमको मतान्तर कायम नै

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

चितवन ३ मा रास्वपाकी गौत्तमको मतान्तर कायम नै

काठमाडौं, फागुन २२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले चितवन क्षेत्र नम्बर–३ मा फराकिलो कायम राखेकी छन् । हालसम्म १९ हजार ४५ मत गणना हुँदा गौत्तमले नौं हजार आठ सय ७९ मत प्राप्त गरेकी छन् । 
यो मतान्तर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालभन्दा चार हजार छ सय २३ मतले बढी हो । रेनुले हालसम्म पाँच हजार दुई सय ५६ मतका पाएकी छन् । यसैगरी नेकपा एमालेका टेकप्रसाद गुरुङले हालसम्म एक हजार चार सय ६५ मत प्राप्त गरेका छन् ।