आइतबार, १७ जेठ २०८३
आइतबार, ०१ चैत २०८२ · अर्थ
काठमाडौं, चैत्र १ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एकैपटकमा ४,८०० रुपैयाँले घटेको छ।
महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३,०९,४०० रुपैयाँ तोकेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला ३,१४,२०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ५,४९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २२५ रुपैयाँले घटेर ५,२७० रुपैयाँ कायम भएको छ।