logo-image

बिहिबार, ३२ असार २०८३

कानुन व्यवसायी महिलाहरूको ३२ औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

बुधबार, ०४ चैत २०८२ · समसामयिक

कानुन व्यवसायी महिलाहरूको ३२ औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

काठमाडौं, चैत्र ४
नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ । æमहिलाको समानुपातिक समावेशिता, परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितताÆ भन्ने मूल नारासहित सञ्चालन हुने सम्मेलन चैत ६ र ७ गते संचालन हुने आयोजकले जनाएको छ ।
भक्तपुर जिल्ला अदालत बारको आतिथ्ययतामा हुने उक्त सम्मेलनमा देशभरका कानुन व्यवसायी महिलाहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ । भक्तपुरमा आयोजना हुने उक्त सम्मेलनमा देश भरका महिला कानुन व्यवसायीहरूको सहभागिता हुने नेपाल बार एशोसिएशन भक्तपुरका अध्यक्ष राम सुन्दर खाइतुले जानकारी दिए । उनका अनुसार सम्मेलनमा  बारमा आबद्ध सम्पूर्ण कानुन व्यवसायीहरू—वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ता, साथै नेपाल बार एशोसिएशनका पूर्व पदाधिकारी तथा सदस्यहरूलाई सक्रिय सहभागिताका लागि उनले आग्रह गरेका छन् । 
भक्तपुरमा हुने उक्त सम्मेलनले नेपालमा महिला अधिकार तथा æमहिलाको समानुपातिक समावेशिता ः परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितताÆ सम्बन्धमा घोषणापत्र पनि जारी हुने अपेक्षा लिइएको उनले जानकारी दिए । 
यस्तै कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बारका सचिव अनीश सुवालले जानकारी दिए । उनका अनुसार आगामी चैत ६ र ७ गते हुने उक्त कार्यक्रमको तयारी पुरा भएको छ । ६ गते बिहान भक्तपुरको दत्तात्रय मन्दिरबाट प्रभात फेरी निकालेर कार्यक्रमको सुरु गरिने समेत उनले जानकारी दिए ।  प्रभात फेरी दत्तात्रय हुँदै ख्वप बैंक्वैट नगरकोट रोडमा पुगेर उद्घाटन हुने र दोस्रो दिन भक्तपुर जिल्ला अदालतको सभा कक्षमा विभिन्न विषयहरूमा विषय विज्ञका साथमा छलफल हुने उनले जानकारी दिए । 
आयोजकले सम्मेलनमा सहभागी हुने सबैलाई अनिवार्य रूपमा कालो कोटसहित मर्यादित पहिरनमा उपस्थित हुन आग्रह गरेको छ । सम्मेलनले महिला कानुन व्यवसायीहरूको भूमिका, समानुपातिक समावेशिता तथा न्यायपूर्ण समाज निर्माणमा उनीहरूको योगदानबारे महत्वपूर्ण छलफल गर्ने विश्वास लिइएको छ । 

ताजा समाचार