logo-image

बिहिबार, ३२ असार २०८३

युद्ध रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

बिहिबार, ०५ चैत २०८२ · समसामयिक

युद्ध रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, चैत्र ५

मानव अधिकार तथा शान्ति समाज नेपाल को आयोजनामा काठमाडौंको महाराजगन्ज स्थित अमेरिकी दूतावास अगाडी प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीले शान्तिपूर्ण तारिका ले प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागी हरुले तत्काल युद्ध अन्त्य गर्नु पर्ने माग राखेका छन् । सहभागीहरुका अनुसार युद्ध ले कसैलाई फाइदा नहुने र जारी युद्धले विश्व समुदायलाइ गम्भीर असर परिरहेको हुनाले तत्काल युद्ध रोकी शान्ति कायम गर्न माग गरेका छन्। मानव अधिकार तथा शान्ति समाजले अमेरिका बाहेक, इजरायलका राजदुतावास र इरानको कन्सुलेट कार्यालय अगाडि पनि प्रदर्शन गरेका छन्।
कार्यक्रमको अगुवाई हर्पेसका संस्थापक अध्यक्ष कृष्ण पहाडीले गर्नुभएको थियो।

ताजा समाचार