मङ्गलबार, १६ भदौ २०८३
बिहिबार, १४ फागुन २०८२ · अर्थ
काठमाडौँ, फागुन १४
एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँगको साझेदारीमा ४०० भन्दा बढी आउटलेटहरूमा प्राप्त गर्न सकिने विशेष अफर सार्वजनिक गरेको छ । मङ्गलवार एक सम्झौता पत्रमा दुई कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेसँगै यो अफर औपचारिक रूपमा सुरु भएको हो । सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले हस्ताक्षर गरेका थिए ।
यस साझेदारीअन्तर्गत प्रोफेसनल वा प्रिमियम एनसेल सिग्नेचर योजनामा आबद्ध ग्राहकहरूले विभिन्न रेस्टुरेन्ट, स्पा, व्यायामशाला र मनोरञ्जन गतिविधिहरूमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर व्यावसायिक नेटवर्किङ अनि स्वस्थ जीवनशैली निर्वाहमा सहयोग गर्ने गरी तयार पारिएको छ । यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, “यो साझेदारीले नेतृत्वदायी भूमिकामा रहेका हाम्रा ग्राहकहरू लक्षित सिग्नेचर प्लानहरूलाई अझ बढी विशेष बनाएको छ । प्रिमियम अनुभूति अनि जीवनशैलीसँग जोडिने सुविधाहरूसहित हाम्रो सिग्नेचर प्लानले गुणस्तरीय, सुरक्षित र विश्व स्तरीय सञ्चार सुविधाका साथ सफलताहरु प्राप्त गर्न सहयोग गर्छ ।”
दामी एक्सपिरियन्सले एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरूलाई विशेष छुटहरू प्राप्त गर्न र उपभोग गर्न सहयोग गर्छ जसले उनीहरूलाई कम खर्चमा बढी लाभ प्राप्त गर्न मद्दत गर्छ । यस साझेदारीअन्तर्गत प्रयोगकर्ताहरूले हेयर एन्ड शान्तिमा कपाल काट्दा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यस्तै दुसित प्रिन्सेस होटलमा २० प्रतिशत अनि विभिन्न व्यायामशालाहरूमा ४० प्रतिशतसम्म सम्म छुट लगायतका धेरै रोमाञ्चक अफरहरू एनसेलका सिग्नेचर प्लान प्रयोगकर्ताहरूले प्राप्त गर्न सक्नेछन् ।
कुनै झन्झटबिना, एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरूले एनसेल एपमा रहेको दामी एक्सपिरियन्समा ट्याप गरेर यी अफरहरूको फाइदा लिन सक्नेछन् । सरल प्रक्रिया पूरा गरेर एनसेल एप भित्रै रहेको डिजिटल भिआइपी कार्ड सक्रिय बनाएपछि ग्राहकहरूले त्यहाँ सूचिकृत विभिन्न पार्टनर ब्रान्डहरूबाट विविध लाभ लिन सक्नेछन् । कुन कुन ब्रान्ड यो योजनामा सामेल छन् र के कस्ता अफरहरू प्राप्त गर्न सकिन्छ भन्ने कुरा ग्राहकहरूले एनसेल एपमा रहेको दामी एक्सपिरियन्समा गएर आफैँ हेर्न सक्नेछन् ।
“प्रिमियम ब्रान्डहरूमा विशेष छुट प्राप्त गर्न सकिने यी विशेष अफरहरूलाई एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरू समक्ष पु¥याउन पाउँदा हामी अत्यन्तै हर्षित छौँ । म विश्वस्त छु कि यी अनुभवहरूले हाम्रा ग्राहकहरूको व्यावसायिक जीवनशैलीलाई थप परिष्कृत बनाउन मद्दत गर्नेछ,” दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले भने ।
मोबिलिटी सेग्मेन्ट अन्तर्गत एनसेलको एनसेल बिजनेसले प्रोफेसनल र प्रिमियम एनसेल सिग्नेचर प्लानहरू उपलब्ध गराउँदै आएको छ । यो योजना निरन्तर सम्पर्कमा बसिरहनुपर्ने कर्पोरेट अधिकृत, नेतृत्वदायी भूमिका रहेका व्यवसायी प्रति लक्षित गरिएको छ जसले सधैँ उत्कृष्ट सेवाहरूको अपेक्षा गर्दछन् । यी योजनामा भ्वाइस, डेटा, एसएमएस र अन्तर्राष्ट्रिय रोमिङ (भोइस र डेटा) सेवाहरू उपलब्ध छन् जसले नेपालभित्र र बाहिर निर्वाध सञ्चार सुविधा सुनिश्चित गर्छ । २५० जीबीसम्मको उच्च गतिको डेटा, असीमित मासिक कल र एसएमएस तथा विभिन्न प्रमुख देशहरुमा अन्तर्राष्ट्रिय रोमिङ सेवाका लाभहरूका साथ एनसेल सिग्नेचर प्लानले निर्वाध कनेक्टिभिटी सुनिश्चित गर्दछ ।
व्यक्तिगत आवश्यकताका आधारमा ग्राहकहरूले प्रोफेसनल एनसेल सिग्नेचर प्लान वार्षिक रु. १७,९९९ मा वा प्रिमियम एनसेल सिग्नेचर प्लान वार्षिक रु. २१,९९९ मा प्राप्त गर्न सक्छन् । छनोट गरिएको योजना अनुसार प्रयोगकर्ताहरूले भारत, चीन, अमेरिका, बेलायत, सिंगापुर, कतार, मलेसिया, थाइल्यान्ड र संयुक्त अरब एमिरेट्स जस्ता प्रमुख गन्तव्यहरूमा मासिक ६० मिनेटसम्म अन्तर्राष्ट्रिय रोमिङ भ्वाइस र १० जीबी रोमिङ डेटा प्राप्त गर्छन् ।
df]laln6L ;]Ud]G6 cGtu{t Pg;]nsf] Pg;]n lahg];n] k|f]km];gn / lk|ldod Pg;]n l;Ug]r/ Knfgx¿ pknAw u/fpFb} cfPsf] 5 . of] of]hgf lg/Gt/ ;Dks{df al;/xg'kg]{ skf]{/]6 clws[t, g]t[TjbfoL e"ldsf /x]sf Joj;foL k|lt nlIft ul/Psf] 5 h;n] ;w}F pTs[i6 ;]jfx¿sf] ck]Iff ub{5g\ . oL of]hgfdf EjfO;, 8]6f, P;PdP; / cGt/f{li6«o /f]ldª -ef]O; / 8]6f_ ;]jfx¿ pknAw 5g\ h;n] g]kfnleq / aflx/ lgjf{w ;~rf/ ;'ljwf ;'lglZrt u5{ . @%) hLaL;Ddsf] pRr ultsf] 8]6f, c;Lldt dfl;s sn / P;PdP; tyf ljleGg k|d'v b]zx?df cGt/f{li6«o /f]ldª ;]jfsf nfex¿sf ;fy Pg;]n l;Ug]r/ Knfgn] lgjf{w sg]lS6le6L ;'lglZrt ub{5 .
JolQmut cfjZostfsf cfwf/df u|fxsx¿n] k|f]km];gn Pg;]n l;Ug]r/ Knfg jflif{s ?= !&,((( df jf lk|ldod Pg;]n l;Ug]r/ Knfg jflif{s ?= @!,((( df k|fKt ug{ ;S5g\ . 5gf]6 ul/Psf] of]hgf cg';f/ k|of]ustf{x¿n] ef/t, rLg, cd]l/sf, a]nfot, l;+ufk'/, stf/, dn]l;of, yfONofG8 / ;+o'Qm c/a Pld/]6\; h:tf k|d'v uGtJox¿df dfl;s ^) ldg]6;Dd cGt/f{li6«o /f]ldª EjfO; / !) hLaL /f]ldª 8]6f k|fKt u5{g\ .