आइतबार, २७ वैशाख २०८३
शनिबार, २६ वैशाख २०८३ · अर्थ
काठमाडौँ,वैशाख २६
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालका निजी क्षेत्रका उद्योगी व्यवसायीलाई सरकारले धरपकड गर्दैछ भन्ने कुरा हल्ला मात्र भएको जनाउनुभएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डाक्टर वाग्लेले उद्योगी व्यवसायीलाई सरकारले धरपकद गर्ने तथा थुन्ने सूची बनाएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताउनुभएको हो। उहाँले निजी क्षेत्रको सहकार्यमा सरकारले १०० बिलियन डलर को अर्थतन्त्र बनाउने उद्देश्य कल्पना गरेको कुरा प्रष्ट पार्नुभयो सरकारको पहिलो प्राथमिकतामा सुशासन रहेको त्यसैगरी दोस्रोमा अर्थतन्त्र पुनरुत्थान, तेस्रोमा मुलुकमा आन्तरिक र बाह्य सम्पर्क चौथोमा सामाजिक लगानी तथा पाँचौंमा पर्यटन संस्कृति र इतिहास मार्फत चलायमान अर्थतन्त्र रहेको कुरा बताउनुभयो। उहाँले भारतले जस्तै नेपालले पनि आगामी केही वर्षभित्र अर्थतन्त्रमा छलाङ मार्ने ठोकुवा गर्नुभयो।
चोरी भएका ७३ मोटरसाइकल सवारी धनीलाई बुझाइयो
४३ मिनेट अगाडि
११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च
३ घण्टा अगाडि