बिहिबार, ३२ असार २०८३
मङ्गलबार, ०३ चैत २०८२ · समसामयिक
उदयपुर, चैत ३ । उदयपुरको कटारी नगरपालिकामा आएको शक्तिशाली हावाहुरी र वर्षाका कारण रुख ढल्दा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा कटारी–८ की मीनामाया तामाङ र कटारी–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।
चौधरीको राधा कृष्ण मन्दिर नजिकैको खाजा पसलमा बसिरहेका बेला सालको रुख ढलेर थिचिँदा मृत्यु भएको हो भने तामाङको भेडाबाख्रा ओत लगाउने क्रममा रुखको हाँगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही घटनामा ४ वर्षीया बिनिशा चौधरीसहित पाँच जना घाइते भएका छन्। सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको ४० मिनेटको प्रयासपछि रुखमुनि थिचिएकी बालिकाको जीवितै उद्धार गरिएको थियो। घाइतेमध्ये लीला बहादुर दनुवारको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्यको स्थानीय प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
५ घण्टा अगाडि