शुक्रबार, ०४ वैशाख २०८३
शुक्रबार, २२ फागुन २०८२ · राजनीति
इलाम, फागुन २२ । इलाम क्षेत्र नम्बर–२ को प्रारम्भिक मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन्।
सार्वजनिक नतिजा अनुसार नेम्वाङले ४९१ मत प्राप्त गर्दा उनलाई श्रम संस्कृति पार्टीका सुदीप राईले ४४३ मतका साथ पछ्याइरहेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका भेषराज आचार्यले २१० मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोकुल राईले १७१ मत पाएका छन् भने नेकपाका ओम गुरुङको पक्षमा ५१ मत खसेको छ।