सोमबार, ०१ असार २०८३
सोमबार, ०१ असार २०८३ · राजनीति
काठमाडौं, असार १ । प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सचेतक सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री बहाली गर्नेकुरा आपत्तिजनक रहेको टिप्पणी गर्नुभएको छ ।
सोमवार राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले सम्पत्ति छानविन आयोगको प्रतिवेदन समेत सार्वजनिक नगरी राजनीतिक सेटिङको आधारमा उहाँलाई फेरि गृहमन्त्री नियुक्त गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । सचेतक परियारले उहाँको सम्पत्ति छानविन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद परियारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारलाई दवाव दिनुभयो ।
उहाँले भन्नुभयो,‘तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानविन आयोगको प्रतिवेदन सार्वजनिक पनि नगरी यो विषयमा सदनलाई जानकारी नगराई, नेपाली जनतालाई जानकारी नगराइ एउटा बडो शंकास्पद राजनीतिक सेटिङको आधारमा गृहमन्त्रीमा फेरि पुनर्वहाली गरिएको छ । यो अत्यन्तै भत्र्सनायोग्य काम भएको हामीले महशुस गरेका छौँ । तसर्थ त्यो सम्पत्ति छानविन आयोगको प्रतिवेदन तुरुन्तै सार्वजनिक गर्नका लागि म जोडदार माग गर्दछु ।’
सचेतक परियारले सरकारले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने काममा ढिलाई गर्नुपर्ने कुनै कारण नरहेको पनि बताउनु भयो ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना: ६ जनाको मृत्यु,
३२ मिनेट अगाडि