बिहिबार, ०४ असार २०८३
बिहिबार, ०४ असार २०८३ · राजनीति
काठमाडौं, असार ४ । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लंघन गरेको भन्दै नियमापत्ति जनाउनुभएको छ ।
बिहीवारको बैठकमा मन्त्रीहरूले सभाको स्थापित नियम र गरिमाको बेवास्ता गरेको भन्दै उहाँले सभामुखको ध्यानाकर्षण गराउनुभएको हो । मुख्य सचेतक महरले प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड ६ मा रहेको व्यवस्था बमोजिम नियमापत्ति गर्नुभएको थियो । उक्त नियममा सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट हिँड्न नहुने स्पष्ट व्यवस्था गरिएको छ । बैठकमा सांसद रमेश मल्लले आफ्नो धारणा राखिरहेका बेला दुईजना मन्त्रीहरू सभामुख र मल्लको बीचबाट हिँडेपछि महरले समय माग गरी आपत्ति प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सदनको गरिमा र मर्यादा कायम राख्नु सबै सदस्यको जिम्मेवारी हो, त्यसमा पनि सरकारको दायित्व अझ बढी हुन्छ । तर विडम्बना, मन्त्रीज्यूहरूबाटै पटक–पटक नियमको उल्लंघन भइरहेको छ ।’
उहाँले मन्त्रीहरूले जानाजानी मर्यादा उल्लंघन गरेको भन्दै उक्त कार्यप्रति घोर आपत्ति र निन्दा व्यक्त गर्नुभयो । साथै, आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन र संसदीय मर्यादा अक्षुण्ण राख्नका लागि सभामुखबाट स्पष्ट रुलिङ हुनुपर्ने माग समेत गर्नुभयो ।
देशसँग पीरती लगाउँदा सांसद, मन्त्री भएँः महावीर पुन
३ मिनेट अगाडि
नारायणी नदिमा हाम फालेका व्यक्तिको सकुशल उद्धार (तस्विरहरु)
४३ मिनेट अगाडि
‘अब सरकारको मुख्य लक्ष्य एआई र आईटी’ : मन्त्री महावीर पुन
५३ मिनेट अगाडि