logo-image

मङ्गलबार, ०२ असार २०८३

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारकाे नियन्त्रणमा, कागजात जफत

मङ्गलबार, ०२ असार २०८३ · समसामयिक

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारकाे नियन्त्रणमा, कागजात जफत

काठमाडौं, असार २ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। ई–पासपोर्ट तथा सम्बन्धित सामग्री खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा आयोगले उनलाई मंगलबार नियन्त्रणमा लिएर बयान लिइरहेको हो।

अनुसन्धानका क्रममा अख्तियारको टोलीले सोमबार साँझ नै विभाग पुगेर आवश्यक कागजातहरू आफ्नो नियन्त्रणमा लिइसकेको छ। अख्तियारले सार्वजनिक खरिद, ठेक्का व्यवस्थापन तथा निर्णय प्रक्रियामा संलग्न अन्य अधिकारीहरूको भूमिकामाथि पनि अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ। उच्च पदस्थ कर्मचारी नै नियन्त्रणमा परेपछि सरकारी खरिद प्रक्रियाको पारदर्शितामाथि पुनः प्रश्न उठेको छ।

ताजा समाचार