logo-image

शनिबार, २६ वैशाख २०८३

प्रधानन्यायाधीश सिफारिसमा वरीयताको विवाद: सर्वोच्चमा रिट पेस

शुक्रबार, २५ वैशाख २०८३ · राजनीति

प्रधानन्यायाधीश सिफारिसमा वरीयताको विवाद: सर्वोच्चमा रिट पेस

 

काठमाडौं, वैशाख २५ । सर्वोच्च अदालतको नेतृत्व चयन प्रक्रिया विवादमा तानिएको छ। संवैधानिक परिषद्ले वरीयता क्रममा चौथो नम्बरमा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि यसको कानुनी वैधानिकतामाथि प्रश्न उठेको हो।

वरीयता मिचेर गरिएको उक्त सिफारिस संविधानको भावना विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट पेस गर्नुभएको छ। बिहीबारको परिषद् बैठकको यो निर्णयले नेपालको न्यायिक इतिहासमा पहिलोपटक चौथो वरीयताका न्यायाधीश नेतृत्वमा पुग्ने बाटो खोलेको छ। संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनी ३३औँ प्रधानन्यायाधीश बन्नेछन्, यद्यपि अदालतमा पेस भएको रिट दर्ताको प्रक्रियामा छ।

ताजा समाचार