बुधबार, ३१ असार २०८३
बुधबार, १७ असार २०८३ · राजनीति
काठमाडौं, असार १७ । चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय नेतृत्वको शपथ ग्रहण कार्यक्रम आज आयोजना गरिँदैछ।
नयाँ टिमले पार्टीको कामलाई थप सङ्गठित र गतिशील बनाउन आजैदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्ने तयारी गरेको छ। महाधिवेशनबाट पार्टीको मुख्य नेतृत्व अर्थात् सभापतिमा रवि लामिछाने पुनः निर्वाचित भएका छन्।
त्यसैगरी, उपसभापति पदमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम निर्वाचित भएका छन् भने साङ्गठनिक जिम्मेवारी सम्हाल्ने महामन्त्री पदमा विपिन आचार्य चयन भएका छन्। निर्वाचित कार्यसमितिका अलावा केन्द्रीय समितिमा रहनुपर्ने बाँकी अन्य पदाधिकारीहरू भने सभापतिले विधानबमोजिम मनोनयन गर्न बाँकी रहेको छ।