बुधबार, १७ भदौ २०८३
शुक्रबार, ११ वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख ११ । सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्तीमा सरकारले जबर्जस्ती डोजर प्रयोग नगर्ने स्पष्ट पार्नुभएको छ।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले प्रहरी बल प्रयोग गरेर नभई आपसी समझदारी र अनुरोधमा असुरक्षित स्थानका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न लागेको बताउनुभयो।
विशेषगरी बाढीको जोखिम रहेका क्षेत्रका बासिन्दालाई विपद्बाट जोगाउन यो प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै मन्त्री पोखरेलले सुकुम्बासीका नाममा राजनीति गर्ने प्रवृत्ति अब अन्त्य हुने दाबी गर्नुभयो।
उहाँका अनुसार सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई उचित र सुरक्षित आवासमा व्यवस्थापन गर्ने र देशभरकै भूमिहीन समस्याको दीर्घकालीन समाधान निकाल्ने तयारी गरिरहेको छ।
प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल
एक घण्टा अगाडि
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
४ घण्टा अगाडि